आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेट आजदेखि
काठमाडाैं | माघ ५, २०८०
काठमाडौं: आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । दक्षिण अफ्रिकामा आजदेखि शुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् । आज समूह ‘ए’ का आयरल्यान्ड र अमेरिका खेल्दैछन् ।
यस्तै, समूह ‘बी’ का दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल पनि आजै हुँदैछ । नेपालले भने पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।
विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

